निर्माण व्यवसायी संघ,काभ्रेको तर्फबाट बाढि पिडित चौरि देउरालि-४,(साविक धुसेनि-२) निवासि श्री अर्जुन प्रसाद चौलागाँई को परिवारलाई रु.दश हजार नगद र चामल-३ बोरा,दाल १ बोरा को रु.आठ हजार(भाडा सहित) गरि जम्मा रु.अठार हजार (१८,०००) रुपैया बराबरको आर्थिक सहयोग प्रदान गरीएको छ ।
जसमध्ये रु. पन्ध्र हजार(१५,०००) नि.व्य.संघ, काभ्रेको तर्फबाट र रु.तिन हजार(३०००) व्यक्तिगत तर्फबाट उपलब्ध गराईएको छ। निर्माण व्यवसायी संघ, काभ्रे परिवार प्रति र विशेष गरि अध्यक्ष तथा कोषाध्यक्षप्रति पीडित परिवारले आभार व्यक्त गरेका छन् ।
