पारिश्रमिक विधेयक प्रमाणीकरण

आर्थिक राजनीति समाचार

काठमाडौं, २९ साउन । प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाबाट पारिश्रमिकसम्बन्धी विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको यही साउन १५ गते बसेको बैठकले सो विधेयक पारित गरेको थियो ।
प्रदेश नं ५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकोे छ ।