बोगटीको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त

राजनीति समाचार

काठमाडौँ, २४ असोज । नेपाली काङ्ग्रेसले नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गरी वरिष्ठ चलचित्रकर्मी रङ्गकर्मी एवं समासेवी बोगटीको निधनमा दुःख व्यक्त गर्नुभयो । बोगटीको ५८ वर्षको उमेरमा आज ललितपुरका महालक्ष्मी नगरपालिकास्थित निधन भएको थियो ।

बोगटीले अनगिन्ति टेलिफिल्म, नाटक, चलचित्र, विज्ञापन आदिमा अभिनय गर्नुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत बोगटीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । स्वर्गीय बोगटीका श्रीमती दुई छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई बुधबार अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।

Facebook Comments Box