नेपाली लायन्स क्लवहरुको संजालद्वारा न्युयोर्क क्विन्समा रक्तदान कार्यक्रम गरिने

प्रवास समाचार

न्युयोर्क, सन्तोष खड्का 

कामदार दैनिक 

कोरोना भाईरसको महामारीका कारण रगतको माग बढ़ी भएको तर रक्तदानमा कमी भएको अवस्था र आवस्यकतालाई मध्यनजर गरी न्युयोर्क क्विन्समा सक्रिय नेपाली लायन्स क्लवहरुको संजाल Nepali Lions Clubs Network New York तथा Lions Club of Queens Nepalese, Lions Club of Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा यही अक्टोवर ३ तारिक शनिवार विहान ११:०० वजे देखी साँझ ५:०० वजे सम्म Sunnyside Community Center 43-31, 39th St NY 11104 मा वर्तमान समय र जोखिमको अवस्थालाई समेत मध्यनजर गर्दै मास्क, सामाजिक दुरी आदि सुरक्षाका सवै विधि अपनाई न्यूयोर्क ब्लड सेण्टरको प्रायोजनमाँम रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ।

उक्त कार्यक्रम सम्पन्न गर्न आवश्यक तयारीको लागि Nepali Lions Clubs Network New York बाट कार्यक्रम ब्यवस्थापन र समन्वयको लागि लायनहरू कृष्ण आचार्य, अच्युत सिग्देल, अशोक कार्की, संजय थापा, दीपक घिमिरे, अर्जुन गौडेल, रीमाया नेपाली र पुरूषोत्तम पन्थीलाई बिभिन्न कार्यको संयोजक तोकेको छ । त्यसैगरी कार्यक्रमको लागि fund Raising को लागि ३-५ जना लायनहरू सहभागी गराई यथाशीघ्र कार्य गर्न लायन अच्युत सिग्देललाई आर्थिक ब्यवस्थापनको जिम्मेवारि समेत दिएको छ । तीनवटै लायन्स क्लब संलग्न नेपाली लायन्स क्लब नेटवोर्कले समस्त रक्तदाताहरूलाई उक्त कार्यक्रममा सहभागी भै रक्तदान गर्नको निम्ति गर्नको लागि हार्दिक अपील गरेको छ।

https://donate.nybc.org/donor/schedules/drive_schedule/282859 लिन्कमा गै आफ्नो नाम र समय दर्ता गराउन सकिनेछ । उक्त मानविय कार्यक्रम संचालनको लागि आवश्यक आर्थिक रकम सहयोग गरिदिनहुन न्यूयोर्क स्थित सबै ब्यवसायी तथा सहृदयी चन्दादाता महानुभावहरूमा हार्दिक अपील समेत गरेको छ ।

 

Facebook Comments Box