राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट

मुख्य समाचार राजनीति

काठमाडौं,१६असोज।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गर्नुुभएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शोक सन्देश पठाएर शोक प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सवाहलाई सम्प्रेषण गर्नुभएको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले अमिर दूरदर्शी राजनेता हुनुभएको र उहाँले क्षेत्रीय समझदारी र सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना कुवेती समकक्षी शेख सवाह अल खालिद अल हमाद अल सबाहलाई पठाउनुभएको शोक सन्देशमा कुवेती अमिरको निधन भएकामा दुःख व्यक्त गर्दै उहाँको देहावसानबाट नेपालले शुभचिन्तक र सच्चा मित्र गुमाएको उल्लेख गर्नुभएको छ ।