कामदार दैनिक
काठमाडौँ
नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गरेका छन् । ढकालले जारी गरेको शुभकामना सन्देशमा कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाउन तथा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गदै सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न आवहान् गरेका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना दिँदै ढकालले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका छन् ।
पूर्वमन्त्री ढकालले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव कायम राख्ने बताएका छन् ।
अध्यक्ष ढकालले दशैँका बेलामा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिनु भएका स्वास्थ्य र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै उनले पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका सङ्क्रमित छिट्टै कोरोनामुक्त हुने र उनहरुको आगामी दशैँ उल्लासमय हुने अपेक्षा व्यक्त गरेका छन्।