सन्तोष खड्का
दक्षिण कोरिया।
नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) द्वारा आयोजित फुटसल प्रतियोगिताको उपाधि के सि युनिभर्सिटीले हात पारेको छ।
कुल आठ टोली सहभागी भएको उक्त प्रतियोगितामा KC University Team र Ajou University Team फाइनलमा प्रवेश गरेका थिए। अन्तिम चरणको खेलमा कडा प्रतिस्पर्धाका बिच Ajou University Team लाई पेनाल्टी सुट आउटमा एक का बिरूद्ध दुई गोलले पराजित गर्दै KC University Team ले उपाधि हात परेको थियो। उपाधि संगै KC University Team ले नगद दुई लाख कोरियन वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने Ajou University Team ले नगद एक लाख कोरियन वोन, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
प्लेयर झअफ द टोर्नमेण्टको उपाधि निशान कार्की (KC University), म्यान अफ दि म्याचको उपाधि कारुन ज्ञवाली (Ajou University) र उत्कृष्ट गोलकिपरको उपाधि भने रूपक नेपालीले (Ajou University) जितेका थिए, उपाधि सगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। अन्तर्राष्ट्रिय रेफ्री पीटरसनको मुख्य भुमिकामा सम्पन्न भएको यस प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रमको संचालन संस्थाका सचिव टोनकिङ बास्तोलाले गर्नु भएको थियो ।
यही नोभेम्बर ८ तारिखमा देजन स्थित हान्बात् फ़ुट्सल गोजांग मैदानमा सफलतापूर्वक सम्पन्न भएको यस प्रतियोगितामा KC University Team, Ajou University Team, Yeungnam University Team, Mokpo National University Team, Wonkwang University Nepalese Club, Kwangwoon University Club, Sungkyunkwan University Team र Jeonbuk National University Team हरुको सहभागिता रहेको थियो।यस प्रतियोगिता कुल आठ टोली सहभागी भएता पनि कोरियामा २५ भन्दा बढि विश्वविद्यालय अध्ययनरत कम्तिमा ९० जना नेपाली विद्यार्थीहरु को सहभागिता रहेको प्रतियोगिता संयोजक आश्विनी ढकालले बताउनु भयको थियो।
डा. पूरण क्षेत्रीको प्राबिधिक र व्यवस्थापकिय सहयोग तथा सोनसिकका खेलकुद संयोजक सन्तोष लामिछानेको संयोजकत्वमा संचालन गरिएको यस प्रतियोगिता कोभिड-१९को महामारीका बिचमा अति सम्बेदनशील भई कोरिया सरकारको निर्देशन अनुरूप सम्पूर्ण स्वास्थ्यका मापदण्ड पुरा गरी सम्पन्न गरिएको पहिलो ठुलो एवम् भव्य कार्यक्रम रहेको छ ।
सोनसिकका सलाहकारहरू डा. विनायक भण्डारी, डा. इन्दिरा तिवारी, केशव थापा, प्रकाश देवकोटा , लगायत अन्य अग्रज व्यक्तित्वहरूको उपस्थितिका साथ भव्य रूपमा कार्यक्रम सम्पन्न भएको कुरा यस नेपाली विद्यार्थी समाज दक्षिण कोरियाका सभापति राजाराम श्रेष्ठले जनाउनु भएको छ । साथै उहाँले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हात हरुमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको कुरा जानकारी गराउनु भएको छ ।