काठमाडौं,१८ मंसिर। बुधवार प्रशासनले अबरोध गरेपछि हुन नसकेको तनहुँ ब्यास नगरपालिकामा रहेको बुल्दी खोलाको पुल आज कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।
प्रशासनले निषेधाज्ञा तोड्न खोजेको भन्दै हिजो पौडेललाई पक्राउ गरेको थियो । उक्त गिरफ्तारीको चौतर्फी बिरोध भएको थियो ।
दमौलीमा आज कांग्रेस कार्यकर्ताहरु प्रर्दशन गर्दै पुल उद्घाटन समाारोह पुगेका थिए । व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १स्३५ बजे पौडेलले उद्घाटन गरेका हुन्। पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्।
पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री केपी ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए। उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई प्रदीप पौडेल, शंकर भण्डारी, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत नेताहरू पनि सहभागी छन्।
