खोटाङ । खोटाङमा नेपाली काँग्रेस केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरेको नेतृत्वमा भव्य प्रदर्शन भएको छ । नेपाली काँग्रेसले देशैभर सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार खोटाङमा पनि प्रदर्शन भएको हो ।
मुलुकमा बढ्दो भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकारले गरेको लापर्वाही र पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरुद्ध काठमाडौलगायत मुलुकका ७७ वटै जिल्लामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ । सोमबार भएको विरोध प्रदर्शनमा केन्द्रीय नेताहरुले जिल्ला सदरमुकाम पुगेर सरकारका विरुद्ध चर्को प्रहार गरेका थिए ।
