केदार बस्नेत
सोलुखुम्बु: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसीले देश संकटमा परेको बताउनुभएको छ। सर्वसत्तावादी सरकार विरुद्ध नेपाली काङ्रेसले आज देशव्यापी रुपमा गरेको प्रदर्शनमा पुर्व मन्त्री केसीले सल्लेरीको आमसभालाई सम्बोधन गर्दै कांग्रेसले जनतालाई नेकपा सरकारबाट भएको थिचोमिचो माथि आवज उठाउन कांग्रेस जागेको बताउनुभएको छ।
उहाँले देशमा चरम भ्रष्टाचार बिदेशी राष्ट्रको चलखेल लगायतका कारण देश संकटमा परेको आरोप लगाउनुभएको छ। नेकपाले सत्तामा किचकिच र आन्तरिक कलहले जनताले धेरै दुख पाएको र अब देश कांग्रेसले बाहेक अरु पार्टीले बचाउँ नै नसक्ने केसीको भनाई छ। उहाँले भ्रष्टाचारको नाईके केपी ओलि भएको बताउनुभएको छ। जिल्लामा भएको सडक,हवाई मैदान,सञ्चार,विद्यालय लगायतको श्रेय कांग्रेसलाई जाने दोहोर्याउनु भएको छ ।
उहाँले १ नं प्रदेशको नाम सगरमाथा राख्नु पर्ने स्पष्ट पार्नु भएको छ। उक्त कार्यक्रमम जिल्ला सभापति विनोद कुमार वस्नेतले कम्युनिस्ट सरकारले काम गर्न नसकेको कारणले कांग्रेसमा प्रवेश गर्ने लर्को बढेको बताउनुभएको भएको छ।
उहाँले कम्युनिस्ट सरकार देखि जनता वाक्क भैयो भन्ने जनताको मत बढेको बताउदै, जिल्लामा भएको विकासको अझै नेतृत्व गर्ने भन्नुभएको छ। मंसिर १७ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहार देखि रुष्ट भएको कांग्रेसले कम्युनिस्ट सरकारलाई चेतावनी स्वरुप कार्यक्रम गरेको कांग्रेस सोलुले जनाएको छ । पार्टी कार्यालय वसन्त बजारबाट जुलुस र नारा सहित नयाँबजार हुदै तिनकुने हुदै प्रशासन अगाडी आएर कोणसभामा परिणत भएको थियो।
संघीय लोकतान्त्रिक ,गणतन्त्र नेपाल -जिन्दवाद नेपाली कांग्रेस जिन्दवाद यस्तै सर्वसत्तावादी ओली सरकार- मुर्दावाद तनहुँमा भएको दुर्व्यवहार -अपमान र अत्याचार लगायतका नारा लगाउँदै सयौं कांग्रेसीहरु उपस्थित भएका थिए।
कार्यक्रमलाई उद्योग व्यापार विभागका केन्द्रिय सदस्य प्रकाश सिंह कार्की सोलु दुधकुण्ड नगरपालिका मेयर नामगेल जाङ्बु शेर्पा आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पा नेपाल कांग्रेस सोलुखुम्बुका सहसचिव कुशराज राई,नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कटेल नेपाली कांग्रेसका सोलुखुम्बुका नेता शुभराम बस्नेत सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत नेबिसंघ सोलुखुम्बुका सभापति अश्बिन बाबू थापा,नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा नेपाल महिला संघका अध्यक्ष छिण्डील्हमु शेर्पा नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली लगायतका नेताहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांशले देशमा देहव्यपार र भ्रष्टाचार नेकपा सरकारले चरम रूपमा बढायो भन्ने धारणा राखेका थिए। साथै जनताले सुरक्षित हुन पाएनन् ऊनीहरुलाई चैन जनतालाई ऎन कहिले सम्म भनेर प्रश्न गरेका थिए। कार्यक्रम नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार वस्नेतको सभापतित्व तथा पुर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसीको प्रमुख आथित्यतामा कार्यक्रम सल्लेरीमा सम्पन्न भएको हो।कार्यक्रममा सयौं नेता तथा कार्यकर्ता र जनताको उपस्थिति थियो।
