काठमाडौं,३० मंसिर। नेपाली काँग्रेसले हिजो सोमबार ७७ वटै जिल्लामा सरकारको गतिविधिको विरुद्ध गर्दै प्रदर्शन गरे । विभिन्न स्थानबाट विरोध प्रदर्शनमा भाग लिएका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र सर्वसत्तावादी सोचको विरोध गरे ।
प्रधानमन्त्री ओलि राजासङ्ग मिलेर राजावादि सडकमा आए: सभापती देउवा
देउवाले सरकारकै कारण सडकमा राजा आऊ देश बचाऊको नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंकासमेत गरेका छन।
हेटौंडामा भएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताएका छन। ओलि राजा सङ्ग मिलेर आन्दोलन गर्न लागेको आरोप लगाउँदै , राजासङ्ग नमिलेको भए राजावादिहरुले कसरी आन्दोलन गरे भनेर प्रश्नसमेत खडा गरेका छन।
प्रधानमन्त्री सडकमा नाङ्गै हिड्नुभो: सांसद गगन थापा
कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्।
कैलालीमा कांग्रेसले गरेको प्रदर्शनमा थापाले भने, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’
प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल पनि नाङ्गै हिँडिराखेको उनले ठहर गरे।
उनले भने, ‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले (प्रचण्ड र माधव नेपाल) आफू पनि नाङ्गिएको थाहा पाउनुभएन।’
सर्वसत्तावादि शैलिमा सरकार संचालन भयो: महामन्त्री शसांक कोईराला
विराटनगरमा विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै कोइरालाले ओली सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको बताए।
उनले आफूहरूले तीन वर्ष चुप लागेर बसेको बताए। ‘हामी तीन वर्षसम्म चुप लाग्यौं, सरकार भ्रष्टाचारमा लिप्त भएपछि सडकमा आएका हौं,’ कोइरालाले जनआन्दोलन चोकमा आयोजित कोणसभामा भने।
काङ्रेस सक्कियो भन्नेलाई आजको प्रदर्शनले जवाफ दिएको छ: प्रवक्ता विश्वप्रकाश शर्मा
मकवानपुरमा आज सरकारविरूद्धको प्रदर्शनमा बोल्दै प्रवक्ता शर्माले कांग्रेस सकियो भन्नेलाई आजको प्रदर्शनले जवाफ दिएको बताएका छन।
‘कांग्रेस सकियो, कांग्रेसको दिन गयो भन्नेहरू र आफ्नो पार्टीभित्र रडाको भएपछि कांग्रेसको ढोका ढक्कढक्याउनेहरू हो, हामी सडकमै रहन्छौं,’ उनले भने, ‘सरकारमा जानु परे निर्वाचनपछि बहुमत लिएर जान्छौं।’
अख्तियार प्रधानमन्त्रीको ईशारामा चल्यो: रामचन्द्र पौडेल
काङ्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई अख्तियार चलाएको आरोप लगाए। सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचार हो ।’
पौडेलले थपे , ‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको इस्यु आउँछ, त्यसपछी प्रधानमन्त्री अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन् । यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन् । अनि अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ,’ उनले भने, ‘सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?’
