काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको नेतृत्वमा गणेश ठाडा मगर आएपश्चात् लामो समयसम्म सुस्ताएको इन्टेलिजेन्स ब्यूरो सक्रिय हुन थालेको छ । भनिन्छ, नेतृत्वले चाहेमा संगठनलाई चलायमान राख्न र सत्यतथ्य सूचना संकलन र प्रवाह गर्न सकिन्न भन्ने उदाहरण एपीएफले देखाएको छ ।
गत मंसिर २७ गते गते बेलुकी ८ः३० बजेको समयमा ए.पि.एफ. ईन्टेलिजेन्स व्यूरोबाट सादा पोशाकमा खटिएका स.प्र.ना.उ. शेर बहादुर अधिकारीको कमाण्डको टोलीको सुचनाको आधारमा सशस्त्र प्रहरी बल¸ नेपाल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको स.प्र.नि. गणेश खड्काको कमाण्डको टोलीले जिल्ला धादिङ्ग थाक्रे गाउँपालिका–१ खयरघाटी स्थित पृथ्वी राजमार्ग गल्छी गाउँपालिका–८ बस्ने बर्ष ३४ का दीपक मगरले बा २१ प ८७६ नम्बरको कालो रंगको होण्डा युनिकन मोटरसाईकलमा बोकी ल्याएको १६ थान (अन्दाजी ५० के.जी.) चरेस सहित नियन्त्रणमा लिएको थियो ।
