सोलुखुम्बु : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर के.सीले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको मतको दुरुपयोग गरेको आरोप लगाउँनुभएको छ ।
नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका ९ वडा समितीले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै काग्रेस नेता क.ेसीले केपी शर्मा ओली नेतृत्व सरकारले संसद विघटन गरेर जनताले दिएको म्याग्नेटको दुरुपयोग गरेको बताउँनुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति विनोद बस्नेत, नेपाली कांग्रेसका नेता प्रकास सिंङ कार्की लगायतको उपस्थिति रहेको थियो । स्थानिय नेता बल बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा १ सय ५० भन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरिएकोे नेपाली काग्रेस सोलुखुम्बुका प्रचार विभाग प्रमुख नविन थापाले जानकारी दिनुभयो ।
