७२२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं,७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार पिसिआर गर्दा ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ।

त्यस्तै,यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको छ।