संसद विघटन असंवैधानिक कदम: अमृत पुरी

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत माक्र्सवादीका संयोजक अमृत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार गरेको संसद विघटन असंवैधानिक र अराजनीतिक कदम भएको भन्दै प्रधानमन्त्रीको उक्त कदमको भत्र्सना गर्नुभएको छ । जनताको सर्वोच्च संस्था संसद विघटन गराएर स्वयच्क्षाचारी र निरंकुशतको प्रदर्शन गरेकोेले उक्त कदम प्रति एकीकृत माक्र्सवादी केन्द्रले विरोध जनाएको र उक्त असंवैधानिक र राजनीतिक कदमको सशक्त विरोध र प्रतिकारमा उत्रने समेत निर्णय भएको संयोजक पुरीले बताउनु भयो ।

गत आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन र राष्ट्रपतिबाट सहजै प्रमाणिकरण भइ निर्वाचन समेत घोषणा हुनु जनभावना विरोधी कार्य मात्र नभई राष्ट्रपति जस्तो गरिमामय पदलाई कलंकित गर्ने कार्य भएकोमा समयमै यस्तो असंवैधानिक कदम सच्याउन आग्रह समेत गर्नुभयो । प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध र असहमत दलहरुसँग विरोधका कार्यक्रममा सहकार्य गर्ने समेत केन्द्रले निर्णय गरि गत आइतबार देखिनै विरोध जनाउँदै आएको समेत उहाँले जानकारी दिनुभयो ।