-दीर्घराज प्रसाई
हिमालयकोे काखमारहेको पूण्यभूमि नेपाल,विश्वका एक अरबौं हिन्दु-बौद्धहरुको लागि तीर्थस्थल हो जहाँ हिन्दुअधिराज्य र राजसंस्था राष्ट्रिय एकताको प्रतीक रहन्छ।
हिमालयकोे काखमा रहेको पूण्यभूमि नेपाल, मुस्लिमहरुको लागि मक्का मदीना हो, यहुदी र इशाईहरुको लागि जेरुसलम पवित्र स्थल मानिएझैं, नेपाल विश्वका एक अरबौं हिन्दु र बौद्धहरुको लागि तीर्थस्थल हो– जहाँ हिन्दुअधिराज्य–नेपाल जहाँ राजसंस्था राष्ट्रिय एकताको प्रतीक रहन्छ । यो पूयण्भूमिलाई हामी नेपालीहरुले ज्यान समर्पण गरेर पनि जोगाउन सक्नुपर्छ ।
२०६३ सालपछि जति राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तेजोवध गर्ने र सहिदहरुको अपमान गर्ने खाओवादी सत्तासीनहरुले जति नैं सत्यलाई लुकाउन खोजे पनि लुक्तैन ।
बितेको १३ बर्षभित्र नेपालमा सत्तासीन पार्टीहरुले देशको लागि के काम गरेका छन् । देशको एकता तोड्ने, नेपालका सार्वभौमसत्ताका आधार स्तम्भ र राष्ट्रका पहिचानहरुलाई कमजोर बनाउन देश डुबाउने बाटो बनाउने बाहेक अरु २०६३ सालपछिका सत्तासीनहरुले केही पनि गरेका छैनन् । देशभित्र यत्ति भ्रष्टाचार, घोटाला बडेको छ कि प्रधानमन्त्रीदेखि मन्त्रालयका सचिव, कर्मचारीहरु लगायत तल्लोतहसम्म यति भ्रष्टाचारले जरा गााडेको छ कि त्यसको लेखाजोखा गर्न मुस्किल छ ।
‘जातीय राज्यको संरचना पश्चिमा राष्ट्रको र क्षेत्रीय राज्य संरचना भारतको हो ।२०६३ को आन्दोलनको माग धर्मनिरपेक्षता छँदै थिएन। साथै संघीयताको पनि नामोनिसान नै थिएन। त्यस बेलाको मुख्य माग भनेकै स्वतन्त्र सार्वभौम प्रजातन्त्र बहालीको थियो। राजाले २०४७ को संविधान सक्रिय हुनदिन्छु भन्दा तीन दिनपछि नेपालको सार्वभौम, संवैधानिक अधिकार जनतामै निहित छ भनेपछि मात्र आन्दोलन रोकिएको हो ।
२०६४ को प्रारम्भमा चुनावको घोषणा भयो। राजाको निष्कासन र धर्मनिरपेक्षताको घोषणा नभई चुनाउ हुने भन्ने सुनेपछि भारतीय खुफिया एजेन्सीका र विदेशी कूटनीतिनियोगका कर्मचारीमा छटपटी बढ्यो। भेटिकन सिटीका धर्मप्रचारकहरू सलबलाउन थाले। माओवादीका नेतामा यी विदेशी शक्तिको आड पाएर नै होला चुनाउको तयारी थाल्नासाथ ऐनमौकामा यिनले पहिले धर्म निरपेक्षता घोषणा र राजाको निष्कासन हुनुपर्छ र मात्र हामीहरू चुनाउमा भाग लिन्छौँ होइन भने बहिष्कार गर्छौ भनेर अड्डी लिएपछि माओवादीका यी दुवै सर्त पूरा गरिदियो।
माओवादीलाई हामीले नै सत्तामा पुर्यायएका हौँ भनेर त भारतका पूर्व विदेशमन्त्रीले पनि भनिसकेकै छन्।धर्मनिरपेक्षता र राजा निष्कासनको माओवादीका माग पूरा भए पछि फेरि तराईमा उधुम उठाइयो। विदेशीप्रेरित यो आन्दोलन ‘पहाडे हटाओ’ भन्नेमा परिणत भयो। आप्रवासी मधेसीबाट धेरै पहिलेदेखिका बासिन्दा पहाडे पनि हटाइन लागे। खातापिता पुराना तराईबासी पीडित भए। ‘संघीयता हुनैपर्छ, एक मधेश एक प्रदेश बन्नैपर्छ’ भन्ने नारा लाग्यो। लुटपाट, हड्ताल हुन थाले। अन्ततः संघीयताको माग स्वीकार गर्यो । राष्ट्रपति तपाई नै हुनुहुन्छ भनेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग माओवादीले अनौपचारिक साँठगाँठ मिलाए। कोइराला ढुक्क भए। माओवादीले चुनाव जित्ने रणनीति बनाए। तत्काल गिरिजाप्रसादलाई धोका दिए । माओवादी पार्टी धेरै सिट ल्याएर पहिलो बन्यो। त्यसपछि सहमति सहकार्य पनि हरायो।
राजाको उपस्थितिमा देश बचाउनु पर्छ ! नेपाल धर्मनिरपेक्ष र गणतन्त्र रहिरह्यो भने यो देशमा हिन्दु र बौद्धहरुको कुनै अस्तित्व रहेने छैन । राजाको अनुपस्थितिमा नेपालमा इसाईहरु सम्वेदनशील क्षेत्रमा क्रिस्चियनकरण गर्न सक्रिय हुन्छन् !
२०६३ सालपछिका सत्तासीनहरु देशद्रोहीहरुबाट देशले निकास पनि पाउँदैन । अब २०४७ सालको संविधानमा नैं टेकेर त्यस्का अपरिवर्तनीय बुँदाहरुलाई आत्मसात गरेर राजाको उपस्थितिमा देश बचाउनु पर्छ । देशलाई निकास दिन अब नेपाल नारायणहिटीबाट संचालन हुनुपर्छ, दिल्लीका दलालहरुको निर्देशनबाट होइन । यसको लागि अब सारा देशभक्त शक्ति, नेपाली जनता, सबै पार्टी भित्रका राष्ट्रवादीहरु, राज्यका स्थायी अङ्गहरु–अदालत, सुरक्षा स्रोत, राष्ट्रिय सेना, कर्मचारी, मजदुर, किसान र राजा समेत सशक्त भएर नेपाललाई डुब्नबाट बचाउन सक्रिय हुन सक्नुपर्दछ ।
क्रिस्चियनहरु निसन्तान भएर मरेका, मारिएका र लुटिएका इसाई मुलुकका खुनी पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौं देशको विखण्डन र लुट मच्चाउँदै आएका छन् । दक्षिण सुडानमा क्रिस्चियनकरण गराएरु सुडान फुटाएर छाडे । जहाँ क्रिस्चियनकरण गर्न खोजिएको छ त्यहाँ कही शान्ति छैन । इसाईहरु मानव अधिकारको नारा दिन्छन् तर क्रिस्चियन धर्मको समर्थन नगर्नेहरु मारिन्छन् काटिन्छन् । संयुक्त राष्ट्र संघको मानव अधिकारले यही काम गर्छ । कुनै मुसलमान वा हिन्दु वा बुद्धिष्ट मारियो भने त्यहाँ मानव अधिकारको कुरा नैं उठ्दैन तर कुनै क्रिस्चियन् मारियो अथवा चर्च भत्कियो भने त्यस्ता कथित मानव अधिकारवादी हाहाकार मच्चाउछन्, कराउँछन् । कस्तो हेपाहा कुरा ?
हामी क्रिस्चियनहरु र त्यस्ता मानव अधिकारवादीहरुको घृणा गछौं भ्रत्सना गर्छौं । अहिले नेपाल लगायत दक्षिणपूर्व एशियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरु नैं खनिएका छन् । पृथ्वीनारायण शाहका शालीक भत्काउने सबै क्रिस्चियन माओवादी हुन् !नेपाल धर्मनिरपेक्ष र गणतन्त्र रहिरह्यो भने यो देशमा हिन्दु र बौद्धहरुको कुनै अस्तित्व रहेने छैन । सबै मारिन्छन्, सम्पूर्ण मंदिर, देवस्थल, धाम र गुम्बाहरु फोरिने छन् । सम्पूर्ण क्षेत्रमा इसाईकरण हुने छ । त्यसपछि नेपाललाई आधार इलाका बनाएर चीन टुक्र्याउन तिब्बतमा पश्चिमाले तयार गरेको सेना प्रवेश गर्नेछन् । त्यसबेला के चीन चुप लागेर बस्छ ? चीन पहिलाको जस्तो होइन, अहिले शक्तिशाली छ । उ रेड आर्मीसाथ CIA र पश्चिमाहरुलाई लखेट्न नेपाल प्रवेश गर्नेछ । त्योबेला नेपालको अवस्था के होला ? नेपालमा चीन आएपछ के भारत सुरक्षित हुन्छ ? यो परिस्थिति छ अहिले सबैले सोच्नु पर्ने बेला ।
क्रिस्चियनहरुको चाला कस्तो छ भने सर्वोच्च अदालत जस्तो गरिमामय आस्था केन्द्रमा पनि इसाई पसिसकेको कुरा छ । भने इसाईहरु भोलिका दिनमा कहाँ पस्दैनन् र कस्लाई बिगार्दैनन् । सर्वोच्च अदालत लगायत नेपालका अदालतहरुमा कम्युटर व्यवस्थादेखि अदालतभित्र आवश्यक सोफा–फर्निचरहरु सबै क्रिस्चियनको सहयोगमा व्यवस्था गरिएको छ भनिन्छ । त्यस्तो अवस्थामा भोलिका दिनमा नेपालका अदालतहरुले इसाईहरुको पक्षमा काम गर्न लागेमा देशको अवस्था कस्तो रहला ? यस कुरामा नयाँ प्रधानन्यायाधीस लगायत सबै न्यायाधीसहरुले सही कुराको छानवीन गरी इसाई प्रवेश गराउने व्यवस्थापनलाई कारवाही गरेर सर्वोच्च अदालतले नियन्त्रण गर्न सक्नुपर्छ । इसाईहरु नेपालका सम्वेदनशील क्षेत्र, हिन्दु तथा बौद्धको अस्तित्व समाप्त गर्न कति सक्रिय छन् भन्ने कुरा हामीले बेलैमा बुझ्नुपर्छ ।
एमाले+माओवादी, कांग्रेसले पार्टीलाई मात्र होइन देशलाई नै धोका दिए ! नेपालीहरुले रगतका आँसु बगाएर शरणार्थीसरह्र रोएर बस्नुपर्ने दिन नआओस्! नेपालका विभिन्न जाति, हिन्दु, वैदिक र बौद्ध तथा अन्यको समष्टिगत एकताबाट नेपालको राष्ट्रियता बनेको छ । नेपाललाई विश्वभर चिनाउने विश्वको एकमात्र हिन्दअधिराज्य र राजसंस्थालाई विस्थापित गर्न खोजेकै कारणले नेपालअधिराज्य अन्योलग्रस्त छ !
होसियार! कांग्रेस, एमाले, माओवादीका गद्दार नेताहरुले देश डुबाउन खोजेको देखेर १३ बर्षपछि नेपाल अधिराज्यका हरेक जिल्ला र केन्द्रस्थलमा हजारौं हजार जनताले धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता खारेजीको लागि उघ्र बिरोधमा उत्रिएर राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम राख्न भौतर्फी रुपमा कोरोनाको महामारीको समयमा जीउज्यानको पनि ख्याल नगरी देशको लागि स्फूर्त जुलुस, आन्दोलनहरु भइरहेका छन् । नेपाल संसारका मुलुकहरु मध्येकै एक सार्वभौम सत्ता सम्पन्न पुरानो मुलुक हो ।
अतः एकीकृत नेपाल अधिराज्यमा विश्वको एक मात्र हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थालाई यथावत कायम कायम राखेर,नेपालको प्रतिष्ठालाई कायम राख्न, हामी हिमालदेखि तराई, पूर्वदेखि पश्चिमका हामी सम्पूर्ण नेपालीहरुहरु सशक्त हुन सक्नु पर्छ ।