रामेछाप सम्पर्क समिती दक्षिण कोरियाको अधिबेशनको तयारी पुरा

अन्तराष्ट्रिय कोरियाअपडेट प्रवास समाचार

सन्तोष खड्का

 दक्षिण कोरिया 

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाको तेश्रो अधिबेशन यहि जनवरी ३ अर्थात भोलि आइतबार हुनेभएको छ । कोरोना महामारीले बद्लिएको पस्थितिलाई ध्यानमा राखि यो चोटिको  अधिबेशन प्रबिधिको प्रयोग गर्दै भर्चुअल माध्यम जुमबाट (zoom)हुने भएको छ । अतिथीहरुलाई  निमन्त्रणा दिने लगायतका प्राबिधिक एंव अन्य आबश्यक सम्पूर्ण  तयारीहरू पुरा भैसकेको आयोजक कमिटीले बताएको छ।

“प्रवासमा रहेको रामेछापबासी एक हौ, जिल्लाको बिकासमा टेवा पुर्‍यौ ” भन्ने मुल नाराको साथ २०१६ मा  स्थापना भएको सस्था कोरियामा रहेका रामेछापबासीको साझा चौतारी हो। छोटो अबधिमा नै उत्कृष्ट सस्थाको रुपमा स्थापित हुन सफल रामेछाप सम्पर्क समिती दक्षिण कोरिया अहिले कोरियामा मात्र नभई गृह जिल्लामा समेत चर्चा बटुल्न सफल भएको छ।  छोटो अबधिमा नै  सफल हुनुका  कारणहरू धेरै नै भए पनि मुख्य कारण भने संस्थाले लिएको ईमानदारीता मितब्ययिता पारादर्शिता जवाफ देहिता सामुहिक छलफल र छलफलबाट निश्किएको कार्यन्वयनले भएको रामेछाप सम्पर्क समितिका  अध्यक्ष रवि प्रताप घिसिङ्गले बताउनुभयो  । उहाँले तेश्रो अधिबेशन भब्य रुपमा सफल बनाउन सबैमा आह्वान गर्दै सो दिन सक्रिय सहभागीको अनुरोध समेत गर्नु भएको छ।
गत बर्ष गरेको सांगीतिक कार्यक्रमबाट भएको मुनाफबाट संस्थाको नाममा दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गरेको र अक्षयकोषबाट आएको पैसाबाट पहिलो चरणमा रामेछापको ६  गाउपालीका र २ नगरपालीबाट दुई दुई जानको दरले १६ जना र सस्थाको तर्फ बाट सस्थागत निर्णयले थप १ गरि १७ जना छात्रछात्रालाई कक्षा ३ देखि कक्षा १२ सम्म लगातार छात्रवृत्ति दिने निर्णय भए अनुरुप सस्थाले प्रत्यक स्थानिय निकायलाई  तोकि पठाएको मापदण्ड पुरा भएबमोजिम  प्रत्येक गाउँ पालीका र नगरपालीकाले गरेको  सिफारीस अनुरुप यो बर्षको छात्रवृत्ति प्रदान गरी कार्यक्रम गर्दा लिएको उद्देश्य अनुरुप कार्यन्वयन भैसकेको जानकारी पनि अध्यक्ष घिसिङ्गले  गराउनुभएको छ । भबिश्यमा यो कार्यक्रम रामेछापको  ६४ वटा नै वडामा पुर्‍याउने लक्ष्य राखिएको छ।