निरञ्जन कोइरालाको निधन

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाका दाई निरञ्जन कोइराला ‘निरुदा’को निधन भएको छ ।

कोरोनाभाइरसको संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत निरञ्जनको आइतबार बिहान निधन भएको डा.कोइरालाले ट्वीटमार्फत जनाएका छन् ।

निरञ्जनले विगत १ महिनादेखि नयाँदिल्लीमा उपचार गराइरहेका थिए । उनको आइतबार बिहान ११ बजे निधन भएको डा.कोइरालाले बताए । निरञ्जन स्व.केशव कोइराला र स्व.नोना कोइरालाका सुपुत्र हुन् ।

‘मेरा आदरणीय दाजु निरुदाको आज बिहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरू मर्माहत भएका छौं’, डा.कोइरालाले भनेका छन्, ‘म आफू आजबाट अभिभावकविहीन भएको छु ।’

‘उहाँको उपचारमा संलग्न चिकित्सकहरूप्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं’, कांग्रेस नेता डा.कोइरालाले भनेका छन् ।