काठमाडौं, ८ माघ । नेपाली कांग्रेसले देशभरका वडा समितिहरुमा विरोध सभाको आयोजना गरेको छ । प्रधानमन्त्रीे केपी ओलीले संसद विघटन गरेर चालेको असंवैधानिक कदम फिर्ता हुनुपर्ने तथा संसद पुनस्थापनाको माग सहित नेपाली कांग्रेसले देशव्यापी आन्दोलन तथा विरोधका कार्यक्रमहरु गरिरहेको छ । सोही अनुरुप बिहीबार कांग्रेसले स्थानीय वडासम्म विरोध कार्यक्रम पु¥याएको हो ।
यसै क्रममा नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वार्ड नं १ दहचोकमा पनि बिहीबार विरोध सभाको आयोजना गरिएको छ । नेपाली कांग्रेस चन्द्रागिरी नगर वडा कार्यसमितिले एक विरोध सभा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्यसमिति वडा १ का सभापति जीवन गिरीले विरोध कार्यक्रमको नेतृत्व गरेका थिए । कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक तथा अराजनीतिक भएकाले सच्चिनु पर्ने धारणा राखे । विरोध कार्यक्रममा नेपाली कांग्रेस नगर वडासमिति १ का सवै भ्रातृसंगठन तथा स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
