मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य परीक्षण

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं, २८ माघ । विराटनगर महानगरपालिकाले मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्न आजदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा रहने गरी स्थानीयवासीलाई निःशुल्करुपमा सेवा उपलब्ध गराउन महानगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।

प्रयोगशालाको उद्घाटन गर्दै महानगरका प्रमुख भीम पराजुलीले यसबाट सेवाग्राही लाभान्वित हुने विचार व्यक्त गर्दै महिलालाई सुरक्षित प्रसुतीका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा, वडा नं ५ का वडाध्यक्ष मीनकुमार आचार्य, विमलराज भण्डारी, सुदर्शन भट्टराई, स्वास्थ्य निरीक्षक हैदर अली, विद्यार्थी नेता त्रिभूषण गिरीलगायतले प्रयोगशाला सञ्चालनबाट स्वास्थ्य सेवामा जनताको सहज पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box