दक्षिण कोरियाको आन्सान सहरमा पहिलोपटक नेपाली पुस्तकालय खोलियो

कोरियाअपडेट समाचार

बेद नाथ आचार्य 

सिओल,दक्षिण कोरिया 

कोरियामा क्रियाशिल नेपालीहरुको संस्था सनातन, साहित्य, संगित, साधना समुह ‘‘पाँच स’’द्वारा कोरियन पर्व सलनालको अवसरमा कोरियाको आन्सान शहरमा नेपाली पुस्तकालयको उदघाटन गरिएको छ।

दक्षिण कोरियाको व्यस्त सहर आनसान स्टेसन बाट नजिकै कोरोना मैत्रीपूर्ण बातावरणमा एक कार्यक्रमका विच पुस्तकालय उदघाटन गरिएको छ। दक्षिण कोरियामा व्यावसायिक रुपमा सोल्टी रेस्टुरेन्ट सन्चालन गर्दै आउनुभएका व्यावसायी तथा सामाजिक व्याक्तित्व श्याम खडकाको विशेष पहलमा पाँच ‘स’ दक्षिण कोरियाले कोरियामै पहिलोपटक नेपाली पुस्तकालय खोलिएको संस्थाका अध्यक्ष प्रेमराज अधिकारीले बताउनुभयो।

पुस्तकालय उदघाटनमा प्रमुख अतिथी प्रवासी श्रमिक मन्च एमटियु अध्यक्ष उदय राई, विशेष अतिथी सोल्टी होटलका संचालक स्याम खडका, संस्थाका संरक्षक एकराज दाहाल,स्याङ्गजा परिवार दक्षिण कोरियाका सचिव माधव अर्याल, गोरखा परिवार दक्षिण कोरियाका पुर्व अध्यक्ष विस्नु थापा, संस्थाका निवर्तमान उपाध्यक्ष महेश कोईराला लगायत दर्जनौँ दिग्गज व्यात्तित्वहरुको सहभागीता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी उदय राईले पुस्तकालय खोल्ने काम विल्कुलै नौलो र राम्रो काम थालनी भएको र आगामी दिनमा पुस्तकालय लाई आफु तथा एमटियु ले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वोल्नु हुदै सस्थाका सल्लाहकार तथा सोल्टी होटलका संन्चालक श्याम खडकाले पुस्तकालय कोरियामा आफुले पहिलेदेखिनै खोल्न ईच्छुक रहेको र पाँच स ले यस्तो अवधारणा लगेपछी झन उत्साहित भएर आफु लागिपरेको बताउनुभयो।पुस्तकालयको महत्व र भावी योजनाका विषयमा प्रकाश पार्दै उहाँले आफु आनसान मा हुँदा सम्म पुस्तकालय बन्द हुन नदिने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा पुस्तकालयको भावि योजना र यसलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने विषयमा संस्थाको कोषाध्यक्ष नरेश मेहता ज्यू ले प्रकाश पार्नुभएको थियो । उहाँले अहिले सुरुवाती चरणमा कोरियामा भएका नेपालीहरु बाट पुस्तक संकलन गरिएतापनी आगामी दिनमा नेपालबाट समेत पुस्तक ल्याई पुस्तकालयलाई कोरियाभरी विस्तार गर्ने तथा लाईव्रेरी कार्डको व्यवस्था गरी उपलब्ध पुस्तक नेपालीहरुमाझ पुर्याउन समेत अनलाईन अफलाईन मार्फत ब्यावस्था गरिने जानाकारी दिनुभयो।

उदघाटन कार्यक्रममा पाँच स का संरक्षक एकराज दाहाल,निवर्तमान उपाध्यक्ष महेश कोईराला ले पुस्तकालयका विषयमा आ आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो।

पाँच स दक्षिण कोरियाको विगत देखिको यात्राका विषयमा प्रकास पार्दै सस्थाका अध्यक्ष प्रेमराज अधिकारीले आगामी दिनमा थप राम्रा काम हरु गर्ने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रमको अन्त्य गर्नुभएको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव स्याम अर्यालले गर्नुभएको थियो।

Facebook Comments Box