परिवार दलका अध्यक्ष ढकाल र पूर्व प्रधानमन्त्री माधब नेपाल बीच भेट

समाचार

५ फागुन, काठमाडौं ।

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधब कुमार नेपाल संग आज भेट गर्नु भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा समसामयिक राजनैतिक बिषयहरुमा छलफल हुनुका साथै नेता नेपालले परिवार दललाई संसद बिघटन बिरुद्धको आन्दोलनमा साथ दिन आग्रह गर्नु भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए । जवाफमा अध्यक्ष ढकालले देशमा विषम परिस्थिति सृजना हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै राष्ट्रले थप द्वन्द थेग्न सक्दैन भन्दै सबै जिम्मेवार राजनैतिक दलहरुलाई संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न परिवार दलले आग्रह गर्दै आएको बताए।

पूर्व मन्त्री ढकालले नेता नेपाललाई देशको मौजुदा समस्याहरु समाधान गर्न नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्दै सफलताको शुभकामना पनि दिए। भर्खरै भारत भ्रमणवाट फर्केका नेता ढकालले पूर्व प्रधानमन्त्री नेपाल संग भेटेका हुन्। परिवार दलले पछिल्लो समय आफ्नो राजनैतिक कार्यक्रम विस्तार गर्दै सुदुरपश्चिम प्रदेश र १ नम्वर प्रदेशको भेला सम्पन्न गरेको छ। परिवार दलले संसद विघटनको मुद्धाको उचित फैसला सर्बोच्च अदालत वाटनै हुने र नेकपाको विवादको समाधान निर्वाचन आयोगको निर्णय द्वारा नै हुने बिश्वाश ब्यक्त गर्दै आएको छ।

 

Facebook Comments Box