सन्तोष खड्का
दक्षिण कोरिया।
नेपाल तामाङ संघ दक्षिण कोरियाको दशौ अधिबेशन बाट रबि लामा निर्बिरोध निर्बाचित भएका छन्। मिलनसार एंव सक्रिय सामाजिक अभियान्ता लामा बिभिन्न संघसंस्थाहरूमा सक्रिय जिम्मेवारीमा रहि कुशलताकासाथ जिम्मेवारी पुरा गर्न सक्ने सामाजिक ब्यक्तिको रूपमा चिनिन्छन्। रामेछाप सम्पर्क समिति दक्षिण कोरिया लगायत आधा दर्जन भन्दा बढी संघ संस्थाहरूमा सल्लाहकार एंव बिभिन्न जिम्मेवारीमा रहिसकेका उनि गत आईतबार आयोजित जुम भर्चुअल अधिवेशन मार्फत नेपाल तामाङ संघ दक्षिण कोरियाको अध्यक्षको रूपमा निर्बिरोध निर्बाचित भएका हुन्।
नेपाल तामाङ संघ र तामाङ समाज ख्याङ्सङको एकता अधिबेशनबाट दुबै सस्था बिच एकता भै नेपाल तामाङ घेदुङ संघीय परिषदबाट सम्बन्धन प्राप्त गर्दै बिधिवत रूपमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको बिधान र लोगो पारित गरी नेपाल तामाङ घेदुङ द. कोरियाको दसौं कार्यसमितिमा निर्माण भएको हो। उक्त कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा राज कुमार स्याङ्तान तामाङ, उपाध्यक्षमा राम ब्लोन तामाङ, महासचीवमा शोभराज बम्जन तामाङ, सचीवमा प्रीति वाइबा तामाङ, कोषध्यक्षमा सुरेश थोकर तामाङ, सहकोषध्यक्षमा युनिका मम्बा तामाङ, त्यसैगरि सदस्यहरूमा दावा फिन्जो तामाङ, तारा बहादुर तामाङ, पुणॅमान तामाङ र सुवास पाख्रीन तामाङ निर्बाचित भएका छन्।
अध्यक्ष रबि लामा लगायत सअध्यक्ष रबि लामा लगायत सम्पूर्ण निर्बाचित पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना कामदार दैनिक परिवार शुभ कार्यकालको हार्दिक मंगलमय शुभकामाना ब्यक्त गर्दछ।