दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

अन्तराष्ट्रिय समाचार

जुबा, १९ फागुन (रासस–एएफपी) –– दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताउनु भएको छ । उहाँले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिनु भएको छ ।

 

 

Facebook Comments Box