सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह

मुख्य समाचार समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं, २० फागुन । नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

उहाँले आज निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिनुभएको हो । उहाँले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

Facebook Comments Box