–बेद नाथ आचार्य
दक्षिण कोरिया/सउल
प्रदेश नम्बर तिन (बागमती) एकता समाजका अध्यक्ष किशोर ब्लोन नियोगका अनुसार “प्रदेश नम्बर तिन (बागमती) एकता समाज” दक्षिण कोरियाको सन २०२१/मार्च ७ मा हुने भनिएको दोस्रो अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ भने अधिवेशनको प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका मुख्य मन्त्री डोरमाणि पौडेलको उपस्थिति हुने भएको छ।
समाज कोरियामा रहेका बाग्मती प्रदेश अन्तर्गतका संस्थाहरूको छाता संस्था हो ! कार्यक्रम जुम भर्चुअल मार्फत हुनेछ । “अधिवेशनमा कोरियामा रहेका दशवटा जिल्ला संस्थाहरूबाट प्रतिनिधिहरु पठाउनेछ । त्यसैगरी प्रदेशले दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति पाउने छ।
“देश विकासमा हाम्रो योगदान, एकताको सुत्रमा समृद्धिको उठान” भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले अधिबेशन समारोहमा संस्थाको आफ्नै वेबसाइट समुद्घाटन गर्ने र लगानीको वातावरण बारे पनि बृहत छलफल समेत हुनेछ।
आयोजक कमिटीले सम्पुर्ण सदस्यहरुलाई कार्य विभाजन गरि अधिवेशनको तयारी पूरा गरेको छ । प्रतिनिधि व्यवस्थापन, पत्राचार, प्रचार प्रसार, अतिथि व्यवस्थापन, निर्वाचन मण्डल, प्राविधिक व्यवस्थापन लगायतका कार्यहरु विभागिय टोली गठन गरिएको हो ।