ब्लाेन र मोक्तानलाई संयुक्त रुपमा सम्मान तथा बिदाई

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण काेरिया

बागमती प्रदेश ३ एकता समाज दक्षिण कोरियाका निवर्तमान/संस्थापक अध्यक्ष किशाेर ब्लाेन नियोग र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण काेरियाका पूर्व अध्यक्ष चित्र बहादुर माेक्तानलाई संयुक्त रुपमा सम्मान तथा बिदाई प्रदान गरिएको छ । कोरिया स्थित गैर आवासीय नेपाली समुदाय र सामाजिक संस्थाहरूमा सकृय योगदान गरेको सन्दर्भमा विभिन्न संघ संस्थाहरुले संयुक्त कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो ।

 

कोरियामा रहेका श्रमजीवी मजदुरहरुको हक हित र अधिकारको लागि विभिन्न तवरबाट सहयाेग पुर्‍याएका र निरन्तररुपमा विभिन्न संघ संस्थामा रहि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सामाजिक, राजनीतिक, तथा मेलमिलाप साथै मानविय सेवा र सहयोग गरि योगदान पुर्‍याउन सफल किशाेर कुमार ब्लाेन नियोग र चित्र बहादुर माेक्तान कुदिङलाई विभिन्न संघसंस्थाले योगदानको कदर गर्दै सम्मान प्रदान गरेकाे हाे । कोरियाको बसाइँ सकेर पूर्व अध्यक्ष द्वय ब्लाेन र माेक्तान यहि मार्च १९ मा नेपाल फर्कने छन्।

सोमबार सम्पन्न उक्त कार्यक्रममा सभापतित्व युगल तेन्डुप शेर्पा (आदिवासी जनजाति महासंघ) ले गरेको थियो । एनआरएनए काेरियाका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य लक्ष्मी गुरुङ, प्रवासी नेपाली एकता मञ्चका सचिवालय सदस्य मिना थापा, वमन फर वमनका पुर्व अध्यक्ष पद्मा श्रेष्ठ, एनआरएनए दक्षिण कोरियाको सचिव राजकुमार स्याङतान, मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको अध्यक्ष सुर्य रुम्बा, प्रदेश ३ बागमती एकता समाज दक्षिण कोरियाको कोषाध्यक्ष सुरेश थिङ, तामाङ घेदुङ दक्षिण कोरियाको कोषाध्यक्ष सुरेश लामा, तामाङ पत्रकार संघ दक्षिण कोरियाको उपाध्यक्ष अमिर योन्जन लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box