सन्तोष खड्का
कामदार दैनिक
राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्श र पार्टीको नीति अनुरुप नेपाली कांग्रेस केन्द्रीय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाको आयोजनामा भर्चुअल अन्तराष्ट्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम भोली चैत्र ८ गते आइतबारका दिन नेपाली समय साझ ५ बजे देखि संचालन हुने नेपाली कांग्रेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बेलायत शाखा प्रमुख कोपिला लिम्बुले बताउनुभयो।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं निति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा संचालन हुने कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य समाजबादी चिन्तक प्रदिप गिरिको विशेष आतिथ्यता रहने छ। कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महतले नेपाली कांग्रेस पार्टिको राजनैतिक तथा सामाजिक रुपान्तरणमा नेपाली डायस्पोरा र नेपाली काँग्रेसको धारणा प्रस्तुत गर्नुहुनेछ भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको सिदान्त,आदर्श र देशको वर्तमान राजनीतिक अबस्थाको बारेमा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काँग्रेसको बिधान र सांगठनिक संरचनाको बारेमा आफ्नो तथा पार्टीको धारणा प्रस्तुत तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने पनि जनसम्पर्क समिति उप सभापति समेत रहनु भएका प्रतिष्ठानका कोरिया प्रमुख जीतेन्द्र महताले बताउनु भयो।
संगठनप्रतिको उत्तरदायितत्वसंगै निरन्तर पार्टीको हितका लागि समर्पित विदेशमा छरिएर रहनु भएका सम्पूर्ण गैर आवासीय नेपालीहरु,नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट विभिन्न विभागमा मनोनयन हुनु भएका, प्रशिक्षण प्रतिष्ठानका बिदेश शाखा प्रमुखहरु,जनसम्पर्क समितिका सभापति तथा संयोजकहरु, पार्टी महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरु लगायत सम्पूर्ण लोकतन्त्रबादीहरुलाई प्रतिष्ठानका विदेश संयोजक गंगाधर गौतमले कार्यक्रम आयोजक केन्द्रीय निति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तराष्ट्रिय शाखाको तर्फबाट कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेका छन् ।