आसियनाको टिकट लिने यात्रुहरुलाई १४ अप्रिलको कोरियन एरमा नेपाल लगिने

कोरियाअपडेट समाचार

कामदार दैनिक
सौल, दक्षिण कोरिया

नेपाल टुर कम्पनी र लिन्क एसिया टुर्सले आसियना एरलाइन्सको टिकट लिने यात्रुहरुलाई १४ अप्रिलको कोरियन एरलाइन्सको उडानमा नेपाल  लगिने बताएको छ। एन.आर.एन.ए कोरियाका सस्थापक अध्यक्ष एंब  नेपाल टुर कम्पनीका प्रबन्ध निर्देशक केपी सिटौलाले ९ अप्रिलको आसियना एअरलाइन्सको चार्टर्ड उडान नेपाल सरकार पर्यटन मन्त्रालयले अनुमति नदिएका कारण रद्द गर्न बाध्य भएको बताउँदै आसियना एरलाइन्सको टिकट लिने सम्पूर्ण  यात्रुहरुलाई १४ अप्रिलको कोरियन एरलाइन्सको उडानमा नेपाल  लगिने बताए। यसअघि ट्राभलले बैकल्पिक उडानको तयारिमा रहेको र सक्दो छिटो अर्को मिति तय गरेर सुचना प्रकाशित गर्ने बताएको थियो तर, ९ अप्रिलको टिकट लिएका यात्रुले भने भिसा सकिने, खान बस्न समस्या लगायत हुने भन्दै  सामाजिक सञ्जाल र मिडिया मार्फत गुनासो पोखेका थिए।

तर आज साझ नेपाल टुर कम्पनी र लिन्क एसिया टुर्सले  संयुक्त सुचना प्रकाशित गर्दै ०९ अप्रिलको आसियना अएरलाइन्सको चार्टर्ड  उडान नेपाल सरकार पर्यटन मन्त्रालयले अनुमति नदिएका कारण रद्द गर्न बाध्य भएको र आसियना एरलाइन्सको टिकट लिने यात्रुहरुलाई १४ अप्रिलको कोरियन एरलाइन्सको उडानमा नेपाल  लगिने  ब्यवस्था मिलाएको साथै ९ तारिक देखि १४ तारिकको बिचमा भिसा सिद्धिनेहरुको लागि आज बेलुका १२ बजे सम्ममा भिसा थप्नको लागि आबस्यक डकुमेन्टहरु उपलब्ध गराई आवस्यक समन्वय गर्ने समेत बताएको छ। भिसा थप्नु पर्ने यात्रुहरुले नेपाल टुर कम्पनि/लिन्क एसिया टुर्स 010-7664-4848/010-4767-5248/ 010-5788-5512 मा सम्पर्क गर्न सकिने समेत बताएको छ।   कोरोना परिक्षण (PCR Test) सम्बन्धमा अर्को सूचना प्रकाशित हुने पनि बताएको छ।

 

कम्पनिले आसियाना एयरलाइन्ससंग उडान सम्झौता गरि आबस्यक प्रक्रिया अनुसार ३५ दिन अगाडि(3 Marchमा) उडान अनुमतिको निवेदन पेस गरे पस्चात  यात्रुहरूको नामावली माग गरिए संगै हुन्छ हुन्छ भनेर २६ मार्चमा आएर बिभिन्न डकुमेन्ट थप मागिए अनुसार उपलब्ध गराएको थियो। तर हिजो आएर नियमित उडान बाहेकलाई अन्य नयाँ उडानहरुलाई अनुमति दिन नमिल्ने निर्णय नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले गरे सङ्गै  यात्रुहरुलाई समस्या परेको थियो।

Facebook Comments Box