पत्रकार महासंघ : उपत्यका प्रदेशमा झा र काठमाडौं शाखामा सुबेदीको प्यानलै बिजयी

मुख्य समाचार राजनीति समाचार

काठमाडौ। नेपाल पत्रकारको महासंघको उपत्यका प्रदेशमा श्रीजन झा र काठमाडौं शाखाको अध्यक्षमा संयुक्त प्यानलका सूर्य सुबेदीको प्यानलले सान्दार जीत हांसिल गरेका छ।

बुधबार सम्पन्न निर्बाचनको मतपरिणामअनुसार उपत्यका प्रदेशमा झा नेतृत्वको प्यानलै बिजयी भएको हो।उपाध्यक्षमा वीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका र खुल्ला सचिवमा रोशनराज पाण्डे विजयी भएका छन्।त्यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । त्यस्तै सचिव समावेशीमा अमर भुजुले जित हात पारेका छन् ।

सदस्यहरुमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्रप्रसाद न्यौपाने, विष्णु कुमार गिरी, रमाकुमारी न्यौपाने ‘आर्ज्या’ र विधुर ढकाल विजयी भएका छन् ।त्यस्तै आदिवासी जनजाति सदस्यमा अर्जुन तामाङ र रत्नकृष्ण श्रेष्ठले जित हात पारेका छन् भने दलित सदस्यमा सुशील दर्नाल विजयी भएका छन् ।

उता पत्रकार महासंघ काठमाडौंमा निर्बाचित सुबेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष (खुल्ला)मा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् । उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । सचिवमा महेश्वर गौतम विजयी भएका छन् । उनले ४३३ मत प्राप्त गरेका छन् । सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् । उनले ५८२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।

त्यस्तै निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् । त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनार रहेका छन् । बुधबार भएको निर्वाचनमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।