कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको बिषयगत समिति बिज्ञमा बास्तोला

राजनीति समाचार

सोलुखुम्बु । नेपाल विद्यार्थी संघका नेता दिनराज बास्तोला नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको सरकारी तथा गैरसरकारी संस्था बिषयगत समितिको बिज्ञमा नियुक्त भएका छन। प्रतिष्ठानका प्रमुख एबम नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बास्तोलासहित अन्य २२ जनालाई समितिको बिज्ञका रूपमा मनोनयन गरेको प्रतिष्ठानले जनाएको छ।

सरकारी तथा गैरसरकारी सँस्थाहरुसंग सम्पर्क र समन्वय गरि त्यस क्षेत्रका लागि पार्टीले अख्तियार गर्नुपर्ने नीति र कार्यक्रम निर्धारणका लागि केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मातहत रहने गरि गठ्न गरिएको सो बिषयगत समितिको नीति निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल र संयोजकमा डोल्मा तामाङ रहेकी छन। नेपाली कांग्रेसको बिधान २०१७(संशोधन सहित) को धारा ३६ (१) (ङ) अनुसार नियुक्त बिषयगत समिति बिज्ञले प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक र संयोजकको समन्वयमा सम्बन्धित बिषयमा पार्टीको नीति निर्माणमा भूमिका खेल्नुपर्ने जिम्मेवारी रहेको छ।