मजदुर वर्गको लागि उचित राहत प्याकेज ल्याउनुपर्छः अमृत पुरी

राजनीति समाचार

काठमाडौं, १८ वैशाख । १३२ औं अन्तर्राष्ट्रिय मे दिवसको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतकुमार पुरीले सबै पेशा व्यवसायका श्रमिक दाजुभाइ तथा दिदी बहिनीहरुमा शुभकामना दिनु भएको छ । उहाँले कोरोना महामारीको चपेटमा परेका सम्पूर्ण मजदुर वर्गको लागि उचित राहत प्याकेज ल्याउनुपर्ने माग समेत सरकारसक्षम राख्नु भएको छ ।

मजदुरवर्गको हितमा सबै राजनीतिक दलले समेत काम गर्नुपर्ने उहाँको भनाइ छ । विश्वमै कोरोना महामारीले सबै क्षेत्र प्रभावित बनेको छ । त्यसमा सबैभन्दा बढी असर काम गर्नु वर्ग अर्थात मजदुरहरुलाई नै परेको छ । उद्योग कलकारखाना, विद्यालय, होटल व्यवसाय, पर्यटनलगायत सबै क्षेत्रका मजदुर वर्ग काम विहीन बनेका छन् ।

यस्तो अवस्थामा उनीहरुको लागि विहान बेलुका हात–मुख जोड्न नै समस्या परिरहेको छ । खान नपाएर कतिपय मजदुरहरुले मृत्युवरण पनि गरिरहेका छन् । उहाले भन्नुभयो– नेपालमा वि.सं. २०७६ साल चैत्र ११ गतेबाट कोरोना महामारीको कारण लडडाउन भई अहिलेसम्म पनि उस्तै अवस्था छ । जसले गर्दा मजदुर वर्ग अति नै समस्यामा परेका छन् । हरेक वर्ग अंग्रेजी महिनाको मे १ तारिकलाई राज्यले अन्तर्राष्ट्रिय रुपमा औपचारिकताका लागि धुमधामका साथ मे दिवस अर्थात मजदुर दिवस मनाउने गर्छ ।

यो वर्ष पनि वैशाख १८ गते शनिबार मे १ तारिख परेकोले नेपालले पनि अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदै छ । तर मे दिवस औपचारिकतामा मात्र सीमित नहोस् भन्ने जसपाका केन्द्रीय सदस्य पुरी बताउनु हुन्छ ।