तोङ्ग ईल मो दो  नेपालको “अनलाइन बोन(काता) प्रतियोगिता -२०२१” को भर्चुअल पुरस्कार बितरण सम्पन्न 

खेलकुद समाचार

अशोक खड्का 

काठमाडौँ। 

तोङ्ग ईल मो दो सङ्घ नेपालको आयोजना भएको “पहिलो अनलाइन बोन(काता) प्रतियोगिता -२०२१” एक भर्चुअल पुरस्कार समारोहको आयोजना गरेर सम्पन्न भएको छ। कोरोनाको महामारीको कारणले सन्सार भरिनै भौतिकरूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ आसा ,उर्जा र उत्साह जगाउन साथै कोभिड सङ्ग जुध्न मानसिक र शारीरिकरूपमा चुस्त र स्वस्थ रहन प्रेरणा दिने उद्देश्यका साथ अनलाइनको माध्यमबाट प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिता अप्रिल ७ देखि मे ७ ,२०२१ सम्म एक महिना लगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियोे । पहिलो चरणमा देशभरिबाट छनोट भएर आएका ३५ जना खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियोे जसबाट २० जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए र सेमिफाइनल बाट प्रतिस्पर्धा भएर फाईनलमा १२ जना खेलाडी प्रवेश गरेका थिए । प्रतियोगिता ४ वटा समुह बिधामा भएको हो। फाइनलमा प्रवेश गर्नेहरुबाट ब्ल्याक बेल्ट पुरुष एकल बोन (काता) समुहमा बिस्वजित गुरुङ (ईलाम ) ले स्वर्ण ,तिर्थ चौधरी (कैलाली )ले रजत ,धिरज चौधरी ले (कैलाली ) कास्य र सरोज सुब्बा (झापा ) ले कास्य पदक जित्न सफल भए।त्यस्तै कलर बेल्ट पुरुष एकल काता तर्फ प्रथम राई (झापा ) ले स्वर्ण , सुजन श्रेष्ठ (झापा ) ले रजत ,सागर साही (कैलाली ) ले कास्य र पर्बत तोलाङ्गी ( झापा ) ले कास्य पदक जित्न सफल भए । त्यस्तैगरि कलर बेल्ट महिला एकल काता तर्फ निर्जलन चौधरी (कैलाली ) ले स्वर्ण ,रितु चौधरी ( कैलाली ) रजत ,बिपना बिष्ट (कैलाली ) कास्य र करुना बिष्ट ( कैलाली ) ले कास्य पदक जित्न सफल भए। र टिम काता तर्फ झापाको टिम प्रथम भएर बिस्वजित गुरुङ ,सुजन श्रेष्ठ र पर्बत तोलाङ्गीले स्वर्ण पदक , टिम चितवन दोस्रो भएर श्याम कुमार बाचे ,बादल थापा मगर र सुसान गुरुङले रजत पदक र टिम कैलाली तेस्रो भएर सागर साही ,रितु चौधरी र निर्जलन चौधरीले कास्य पदक जित्न सफल भएका थिए ।

 

पहिलो अनलाइन बोन (काता) प्रतियोगिता -२०२१ को भर्चुअल पुरस्कार समारोहमा राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्र बाट विशिष्ट ब्याक्तीहरुको सहभागिता रहेको थियो ।संघका अध्यक्ष श्री सन्तोष कुमार पौडेल ज्युको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथिको रूपमा महासङ्घ का अन्तर्राष्ट्रिय अध्यक्ष ग्रेन्ड मास्टर ताकामित्सु होशिको (जापान ),बिशिस्ट अतिथि अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा महासचिव डा. भेनस जि अगस्तिन (फिलिपिन्स ), विशेष अतिथिहरुमा एसिया महादेशका अध्यक्ष मास्टर बर्नाडिनो जि भिलागान्ते(फिलिपिन्स) ,राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य श्रीमती ईन्दिरा निरौला ,अफ्रिकी महादेशका अध्यक्ष मास्टर क्लेरान्स म्वाकिओ ईनगाल्वा(केन्या), प्रोफेेसर रिचेल जालिपा र महासङ्घका अन्तर्राष्ट्रिय सह- महासचिव मास्टर रेफेल अब्लोङ्ग (कोरिया ) लगायतको सहभागिता थियो । अतिथिहरुमा एफ एफ ड्ब्लु पि यु नेपालका अध्यक्ष प्रकाश बाबू थापा ,विशेष प्रतिनिधि तथा अन्तर्राष्ट्रिय प्रशिक्षक मास्टर लिओ सि कारुम्बा(फिलिपिन्स ), सङ्घ का महासचिव बिस्नु गिरि ,सचिब रबि पराजुली ,केन्द्रिय सदस्य अशोक कुमार चौधरी ,राम बाबू रानामगर र रेफ्री तथा जर्ज हरुमा मास्टर नितेश कार्की ,मास्टर खड्ग दाहाल ,कोरियाबाट मास्टर दिपक बास्तोला, मास्टर बिक्रम बज्यु, मकाओ बाट मास्टर सुरेस राना, मास्टर दीपेन्द्र ठाकुर , प्राबिधिक स्टाफमा मास्टर राम ब थोकर, मास्टर लक्ष्मण थोकर ,प्रशिक्षक नम बिष्ट साथै खेलाडीहरुको सहभागी भएको थियोे ।

 

पदक बिजेता खेलाडीहरुको नाम जर्ज दिपेन्द्र ठाकुरले घोषणा गर्नुभएको कार्यक्रममा समग्र प्रतियोगिताको भिडियो र प्रतिबेदन केन्द्रिय सदस्य मास्टर दिपक बास्तोला प्रस्तुत गर्नु भएको थियो ।
भर्चुअल पुरस्कार समारोहमा सहभागी विशिष्ट अतिथिहरुले आ-आफ्नो तर्फबाट प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएकोमा बधाई तथा पदक बिजेता खेलाडीहरुलाई उत्तर उत्तर प्रगतिको कानमा सहित शुभकामना व्यक्त गर्नुभयो भने राष्ट्रिय खेलकुद परिषदको तर्फबाट बोर्ड सदस्य ईन्दिरा निरौलाले बिजेता खेलाडीहरु लाई शुभकामना दिदै कोभिडको माहामारिमा पनि अनलाइनको माध्यमबाट प्रतियोगिता आयोजना गरेर खेलकुदलाई गतिशील बनाएकोमा संघ प्रति आभार सहित धन्यवाद व्यक्त गर्नुुभएको थियो।  समापन भएको भर्चुअल पुरस्कार समारोह केन्द्रिय उपाध्यक्ष मास्टर प्रकाश श्रेष्ठले गर्नु भएको थियो ।

Facebook Comments Box