स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने

मुख्य समाचार राजनीति समाचार

हेटौँडा, २४ कात्तिक । प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने छ ।

प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।

हेटौँडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।

Facebook Comments Box