अध्यक्ष गैरेको निधन

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं, १ जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।