कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण जरुरी

कृषि

काठमाडौं, ४ जेठ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्यमाकुमारी अर्यालले कृषि क्षेत्रको विकास गर्न यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताउनुभएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) द्धारा यहाँ आज आयोजित ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उहाँले कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०÷२५ प्रतिशत किसानको पहुँच रहेको बतााउनुभयो ।
एक पालिका एक नर्सरी नारा लगाएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उहाँले उच्च स्तरका सिकाइका लागि इजरायलको प्रविधि नेपाल ल्याउने सम्झौता भइसकेको जानकारी दिनुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्छ भन्नुहुन्छ । नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै उहाँले कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताउनुभयो ।
इञ्जिनियर देवराज निरौलाले कृषिसँग इञ्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताउनुभयो ।-