पछिल्लो २४ घण्टामा देशभर भने ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं, ५ जेठ । पछिल्लो २४ घण्टामा देशभर भने ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार ९८९ जना पछिल्ले २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।