काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संबिधानको धारा ७६ (५) अनुसारको नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आव्हान गरेकी छन्।
नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओली वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।उनले दावी पेस गर्नका लागि सांझ ५ बजेसम्मको समयसीमा तोकेकी छन।
उनले धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने थियो। तर हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, वैशाख २७ गतेभन्दा फरक स्थिति नबनेको भन्दै वैकल्पिक सरकार गठनको लागि संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न मन्त्रिपरिषद द्वारा सिफारीस भएको विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।
