अवैधानिक प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन बैधानिक हुन सक्दैन : रमेश लेखक

मुख्य समाचार राजनीति

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले अवैधानिक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बैधानिक हुन नसक्ने बताआइतबार सिंहदएका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले अहिलेको प्रतिनिधिसभा विघटन अवैधानिक प्रधानमन्त्रीले गरेको बताएका हुन्।

आफूले बहुमत ल्याउन नसक्ने, प्रधानमन्त्री रहिरहन नसक्ने सरकारलाई निरन्तरता दिन नसक्ने, त्यसकारण वैकल्पिक सरकार बनाउनका लागि प्रक्रिया खोलिदिनुस् भनेर ओलीले राष्ट्रपतिलाई अनुरोध गरेको उनले बताए। उनले बैकल्पिक सरकार नबनेको अवस्थामा अहिलेको प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार नभएको जिकिर गरे।

नेता लेखकले आफूहरुले त्यस कदमका विरुद्ध राजनीतिक र न्यायिक दुवै लडाइँ लड्ने र त्यसका लागि आवश्यक तयारी भइरहेको जिकिर समेत गरे। त्यस्तै कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेकाले न्यायलयले यसलाई उल्टाइदिने विश्वास व्यक्त गरे। आइतबार नेपाली कांग्रेसले संसदीय दलको कार्यालयमा सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो।