काठमाडौँ, ४ मङ्सिर। सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
इण्डोनेशियाको जाकार्ता शहरमा आज सम्पन्न अमार्कको चौथो सम्मेलनबाट उहाँ सो पदमा निर्वाचित हुनुभएको हो । रेडियो धादिङका संस्थापक मध्येका एक नवनिर्वाचित उपाध्यक्ष खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुनुहुन्छ । सो पदमा भारतका रामनाथ भाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
Facebook Comments Box