सातौ प्रदेशद्वारा प्रदेशसभामा बजेट सार्बजनिक,कुन प्रदेशको बजेट कति?

आर्थिक मुख्य समाचार

काठमाडौं, १ असार । काठमाडौं।संबैधानिक ब्यबस्था अनुसार सबै प्रदेशहरुले मंगलबारे सम्बन्धित प्रदेश सभामा आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गरेका छन। सातै प्रदेशले मंगलबार सार्बजनिक गरेको बजेटमध्ये कुन प्रदेशको कति छ? तल प्रस्तुत गरिएको छ।

प्रदेश १

प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलवार प्रदेशसभामा पेस गरेका हुन् ।

प्रदेश सरकारले चालू खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।

प्रदेश नं २

प्रदेश नं. २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पुँजीगत खर्चतर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैँया छुटाइएको छ भने चालूतर्फ १५ अबै ६३ करोड ३३ लाख ४७ हजार छुटाइएको छ । साथै वित्तीय व्यवस्थापन तर्फ भने १० करोड बजेट विनियोजन गरिएको छ ।

बागमती

बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७९/०८०का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगलले प्रदेश सरकारको तर्फबाट क्षेत्रगत नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि कुल बजेट मध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको बताए ।

बजेट चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

लुम्बिनी

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रदेश निजामती सेवाका कर्मचारीका लागि मासिक २ हजार तलब बृद्धिको घोषणा गरिएको छ ।

गण्डकी

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार बजेट विनियोजन गरेको छ।

कूल बजेटबाट चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम कूल बजेटको ४३.५ प्रतिशत हो। पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरिएको छ। उक्त रकम बजेटको ५५.७ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ २४ करोड छुट्याइएको छ।

गत वर्ष भन्दा कम रकमको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्तुत गरे। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ प्राप्त हुने आकलन गरिएको छ।

सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख प्राप्त हुने आधारममा बजेटको आकार बनाइएको छ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड ७० लाख प्राप्त गर्ने लक्ष्य लिएको छ। रोयल्टीबापत ३० करोड प्राप्त हुने आकलन गरिएको छ। आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड २७ लाख २७ हजार उठाउने लक्ष्य राखिएको छ।

कर्णाली

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कूल ३६ अर्ब ५४ करोड रुपैयाँकाे बजेट प्रस्तुत गरे। यो बजेट चालु आर्थिक वर्षको भन्दा सवा ३ अर्बले बढी हो।चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो।

प्रदेश सरकारले ल्याएको कूल बजेटमा चालु खर्चतर्फ ११ अर्ब ४९ करोड (३१ प्रतिशत) पूँजीगततर्फ २१ अर्ब ६५ करोड (५९प्रतिशत) र अन्तर वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड (१० प्रतिशत) रहेको छ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलवार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् । शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका छन् ।

प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले घोषणा गरे । चालू आर्थिक बर्षभन्दा झण्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो । चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।