सन्तोष खड्का
सौल, दक्षिण कोरिया
दक्षिण कोरियामा पनि भोजराज बचाउ अभियान सञ्चालन हुने भएको छ। अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ६ साविक ठुलापाेखरा गा ।वि । सं ।वडा नम्बर ३ धरमपानी निवासी शम्भु पाैडेलका छाेरा वर्ष १८ का भाेजराज पाैडेल विगत दुई महिना देखि दुवै मृगौला फेलभइ समस्या आएसँगै बुटवलकाे गाैतम बुद्ध मुटु अस्पतालमा दुइ महिना सम्मको उपचार पश्चात् काठमाडौंको करुणा अस्पतालमा उपचारको लागि लगिए पनि पछी आर्थिक अभावमा पुन: बुटवल घरबाट हप्ताको दुई पटक डाएलाईसिस गराउदै आएका छन।
आर्थिक स्थिति अत्यन्त कमजोर भएका उनलाई अर्थ संकलन हुन सकेमा उनका बुबा आमाको मिर्गौला प्रत्यारोपण गर्न मिल्ने भएकोले र मिर्गौला प्रत्यारोपणका लागि ठुलो धनरासी आवस्यक परेको र उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको हुदा भोजराजको जिबन रक्षाको लागि आर्थिक सहयोग गरिदिन उनका बुवा शम्भु पाैडेलले आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गरेका छन्।
दक्षिण कोरियामा उनको सहयोगको लागि भोजराज पौडेल बचाउ अभियान दक्षिण कोरियाका संयोजक दुर्गा मरासिनीको खातामा पैसा जम्मा गर्न सकिनेछ।
BANK ACCOUNT HOLDER NAME: MARASINI DURGA
NH Bank: 3020838427981 (MARASINI DURGA
सम्पर्क: 01028757857