NRNA जेजुदोको अधिबेशन सम्पन्न, सुमन हाङस्रोङको अध्यक्षतामा १५ सदस्य समिती सर्व सहमत चयन

कोरियाअपडेट समाचार

सन्तोष खड्का
सौल, दक्षिण कोरिया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) जेजुदो क्षेत्रिय दोस्रो अधिवेशन सम्पन्न भएको छ। गैह्र आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (NRNA)द. कोरिया जेजु दो क्षेत्रिय दोस्रो अधिवेशनबाट सुमन हाङस्रोङको अध्यक्षतामा १५ सदस्य समिती सर्व सहमत चयन भएको छ।

 

जुन २७ आइतबारका दिन सम्पन्न उक्त अधिबेशनबाट अध्यक्षमा सुमन हाङस्रोङ, उपाध्यक्षमा बसन्ती लावती, सुनिता ब्लोन तामाङ, सुमन हेम्ब्या, सचिवमा कृष्ण प्रसाद न्यापाने, सह-सचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा गोकुल शर्मा, सदस्यहरूमा विनुका नाल्बो लिम्बू, खगेन्द्र मोक्तान, सुरेन्द्र ठकुरी, सुदर्शन तुम्ब्रोक लिम्बू, सुरक्षा शर्मा, गंगा राजवंशी, हेमराज भट्ट र रुपक गुरुङ निर्बिरोध निर्बाचित भएका छन्।

 

कामदार दैनिक परिवार अध्यक्ष सुमन हाङस्रोङको  लगायत बिजयी सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box