बर्षा, बाढी र पहिरोले लियो ६० जनाको ज्यान, ३७ जना वेपत्ता

समाचार

काठमाडौं । गत बैशाख एकदेखि यता बर्षा, बाढी र पहिरोबाट देशभरीमा ६० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधीमा ३७ जना वेपता भएका छन् ।

यस अवधीमा एक सय ५३ वटा पहिरो, ७१ वटा बाढीका घटना भएका छन् भने एक सय २६ पटक बर्षा भएको प्राधिकरणले जनाएको छ । यस अवधीमा विपद्मा परी ८० जना भन्दा बढी घाईते भएका छन् । विपद्मा परेर दुई सय ४९ वटा पशुचौपायाको ज्यान गएका छन् ।

यस गत बैशाख यता बाढी, पहिरो र बर्षाका कारण १८ करोड भन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ ।