नेपालको सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको रक्षा गरेको रन्जित रेको भनाई

समाचार

काठमाडौं, ३१ असार। नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेपालको सर्वोच्च अदालतले गरेको फैसलालाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेश र संसद पुनर्स्थापना सम्बन्धी फैसलालाई सबैले स्वागत गर्नुपर्ने उनको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम स्टार्टन्युज ग्लोबललाई दिएको अन्तवार्तामा पूर्व राजदुत रेले फैसला ओलीको लागि ठूलो सेटब्याक भएको बताए । ‘यो नेपालको सर्वोच्च अदालतको ल्याण्डमार्क फैसला हो । अदालतको निर्णयले संविधानको रक्षा गरेको छ । यो निर्णयको सबैको स्वागत गर्नुपर्छ,’ राजदूतले रेले भने, ‘निश्चय नै पछिल्लो निर्वाचनमा नेपाली जनताको चाहना केपी ओली नै थिए र उनको दलले झण्डै दुई तिहाई मत प्राप्त गरेका थिए । तर दुर्भाग्यवश उनले आफ्नै दलका अन्य नेताहरुलाई व्यवस्थापन गर्न सकेनन् ।’