खोटाङ । खोटाङ काँग्रेसमा सभापतिको लागि त्रिपक्षीय भिडन्त शुरु भएको छ । जसमा हालका जिल्ला सभापति नरेश कुमार श्रेष्ठ, हालका खोटाङ ख का क्षेत्रीय सभापति तिर्थराज भट्टराई, पूर्व राज्यमन्त्री सर्वोधन राई रहेका छन् । वीरकाजी राई, प्रदेश क का सभापति एवम् हलेशी तुवाचुङ न.पा.का अध्यक्ष ईवन राई रहेका छन् । तर यो सम्बन्धी जति चर्चा गरे पनि अन्तिममा त्रिपक्षीय भिडन्त हुने प्रायःनिश्चित छ । जसमा आ–आफ्नो उम्मेदवारलाई सहयोग गरेर जिल्लामा सकिन्छ भनेर सबै सक्रिय छन् ।
प्रायः पुराना अग्रजहरुको विचार एक भएको खण्डमा सर्वसम्मत हुनसक्ने सम्भावना पनि त्यतिकै छ । जसमा सर्वसम्मत गर्नुपर्छ भन्नेमा इमान्दारिताका साथ पूर्व जिविस सभापति एवम् नेपाली काँग्रेस खोटाङका पूर्वसभापति, खोटाङ काँग्रेसका अभिभावक विष्णु राई लाग्नु भएको भए पनि सम्भव हुने देखिदैन । किनकि सर्वसम्मत हुनमा पूर्व खोटाङ काँग्रेसका पुराना नेता राजनीतिक खेलाडीका माहिर भनेर चिनिने सुवास पोखरेल, महासमिति सदस्य युवाबीच लोकप्रिय नेता रविप्रकाश राई रहेका छन् । त्यस्तै नेका हालका उपसभापति नवराज केसी, पूर्व माननीय सरस्वती बजिमय, माननीय हिरा गुरुङ एकठाउँमा बस्ने हो भने विष्णु राईले चाल्नु भएको कदम पूरा नहुने पनि हैन ।
तर एक भएर सर्वसम्मतले अगाडि बढ्दा आफ्नो भविष्य नै खतरा छ भन्ने देख्नेहरुको सोंच हावी देखिन्छ । त्यसैले यो सम्भव छैन । यही त्रिपक्षीय भिडन्त भयो भने बाराह पोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बन्जरा, दिप्रुङ गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्ष भूपेन्द्र राई, सपना राई, हलेसी तुवाचुङ नगरपालिकाका अध्यक्ष एवम् उपाध्यक्ष ईवन राई, विमला राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्व निरौला, पार्टी सचिव इच्छु राना, ज्ञानेन्द्र जोशी, त्यस्तै प्रकाश श्रेष्ठ, दिनेश राई, दुरेन राई, महेन्द्र कटुवाल, समिर राई फटिक श्रेष्ठ, दिनेश घिमिरे, रोजन राई, राजन राई, भिषण राई, लोकेन्द्र राजभण्डारीलगायत तमाम नेपाली काँग्रेस खोटाङका कार्यकर्ताहरुको भविष्य कसैले अनुमान लगाउन नसक्ने गरी लथालिङ्ग हुने निश्चित छ ।
त्यसैले सर्वसम्मत गरौंै भन्ने ठूलो जमात छ, त्यसो नभएका त्रिपक्षीय भीडन्तले पहिलो चरणमा कसैको जित नहुने प्रायः निश्चित छ । त्यसैले दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आउँछ । खोटाङ काँग्रेसको बागडोर कसले सम्हाल्छ अहिले नै यसै हो भन्न सकिन्न । जसले बाजी मारे पनि यसरी चुनिएको नेतृत्वले सुखद् परिणाम ल्याउन नसक्ने चिन्ता खोटाङका काँग्रेसीजनहरुमा छ ।
विभिन्न गुट उपगुटमा विभाजित नेताहरुका कारण आगामी १४ औं महाधिवेशनमा खोटाङका काँग्रेसीहरु समेत एकजुट हुन सक्ने अवस्था देखिदैन । काँग्रेसले अनुशरण गरेको विधि र लोकतान्त्रिक पद्धतिहरुको अनुशरण उचित ढंगले नगर्दा आगामी महाधिवेशनमा युवा पुस्ताहरुको प्रतिनिधित्व कमजोर नै देखिन्छ । हामी चाहन्छौं यस्तो नहोस् ।
