काठमाडों १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रलाई व्यवस्थित बनाएर खोप अभियान सञ्चालन गर्न मुख्यसचिव र स्वास्थ्यसचिवलाई निर्देशन दिएका छन्। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर देउवालाई कोप केन्द्र व्यवस्थित बनाउन निर्देशन दिएका हुन्।
पछिल्लो समय खोप केन्द्र एउटै हुँदा लामो लाइन र भद्रगोल अवस्था देखिएको गुनासो आइरहेका वेला देउवाले आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्। ‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकताअनुसार (खोप) केन्द्रहरू बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्यसचिवलाई निर्देशन गरेको छु,’ देउवाले ट्विटरमा भनेका छन्।
Facebook Comments Box