नेपाली काँग्रेस १४औं महाधिवेशन डिजिटल ‘डिजिटल भोटिङ’ को अवधारणा तयार गरिदै

मुख्य समाचार राजनीति

काठमाडौं । नेपाली कांग्रेशले आफ्नो १४ औं महाधिवेशन डिजिटल प्रविधिवाट गर्न सकिने गरी अवधारणा तयार गरेको छ । पार्टीको सुचना , संचार तथा प्रचार विभागले डिजिटल भोटिङ सम्बन्धी अवधारणा सार्वजनिक गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्पाका अनुसार डिजिटल प्रविधिवाट पार्टीको महाधिवेशन सम्बन्धी वैचारीक प्रचार सुरु गरिएको छ ।

विभागले जारी गरेको अवधारणा यस्तो छ : “डिजिटल भोटिङ” को प्रविधि सुनिश्चित । केन्द्रीय समितिले आवश्यक ठहर गर्दा सूचना, सञ्चार तथा प्रचार विभाग तयारी स्थितिमा ।

नेपाली कांग्रेस, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न भए पश्चात् बैठकले तय गरेको ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएर यो वक्तव्य जारि गरिएको छ । बैठकले पार्टीको १४ औं महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत अन्य निर्णय पनि गरेको छ ।

प्रविधि मैत्री अभियानको प्रगतिमा सन्तोष
१) विभागको प्रथम पूर्ण बैठकको निर्णय बमोजिम ‘प्रविधि मैत्री अभियान’ क्रममा पार्टीको वेबसाईटलाई आधुनिकीकरण र कृयाशिल सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) प्रति बैठकले सन्तोष व्यक्त ग¥यो । प्रविधि संयोजन उपसमितिका संयोजक इन्जिनियर दिपेश विष्ट लगायत उपसमिति सदस्यहरुको कार्यप्रति बैठकले सम्मान र बधाई ज्ञापन ग¥यो ।

केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था
२) कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ । ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ ।

३) ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ ।

४) प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।

१४ औं महाधिवेशन प्रचार प्रारम्भ गर्ने निर्णय
५) पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।