जसपा अध्यक्ष ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

मुख्य समाचार राजनीति

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको छ।

आयोगको उक्त निर्णयविरूद्ध ठाकुर सर्वोच्चमा पुगेका थिए। उनले उक्त सनाखत रोक्न माग गर्दै रिट दिएका थिए।

आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो। आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ।