लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन, गण्डकीमा पृथ्वीबहादुर गुरुङ

मुख्य समाचार राजनीति

सरकारले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख हेरफेर गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको हो।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

हाल गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेल र लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादव छन् । उनीहरुलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा भण्डारीले नियुक्त गरेकी थिइन ।